काठमाडौँ । अनामनगरस्थित मण्डला नाटकघरमा नाटक जिजीविषा मञ्चन हुने भएको छ । कोरोना महामारीका कारण लामो समय सुनसान रहेको मण्डला नाटक घरमा यही कात्तिक ८ र ९ गते नाटक प्रस्तुत गर्न लागिएको हो ।
स्वास्थ्य सुरक्षाका मापदण्डको पालनसहित सीमित दर्शकमाझ नाटक मञ्चन गरिने र एक दिनमा केवल ८० जनालाई मात्र नाटक देखाइने मण्डलाले जनाएको छ । कोरोना महामारीका समयमा मण्डलाले आयोजना गरेको शैक्षिक कार्यक्रम ‘मण्डला ड्रामा स्कुल’को पहिलो ब्याचका प्रशिक्षार्थीको प्रस्तुति रहने जिजीविषा दुई दिन मात्र प्रस्तुत हुने बताइएको छ ।
मुहानदेखि समद्रसम्म पुग्ने यात्रामा माछाले गर्ने सङ्घर्षमार्फत मानिसको सङ्घर्षको यात्रा जोड्निे विषयवस्तु नाटकमा रहेको नाटककार सोमनाथ खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रा, सङ्घर्ष र बाँच्ने चाहना, यस नाटक यसकै वरिपरि छ ।” नाटककार खनालले लेख्नुभएको यस नाटकका निर्देशक राजन खतिवडा हुनुहुन्छ ।

