चितवन । नेपाली कांग्रेस भरतपुर महानगरपालिका–७ वडा समितिको कार्यालयमा तालाबन्दी भएको छ।
वडा सभापती काशिराम अधिकारीले मनोमानि ढंगबाट क्रियाशिल सदस्यता दिन लागेको भन्दै असन्तुष्ट पक्षले कार्यालयमा तालाबन्दी गरेको हो ।
सभापती अधिकारीले एकलौटी र मनोमानि ढंगबाट १९ जनाको सदस्यता थप्न सिफारिस गरेको १३औँ महाधिबेशनमा वडा सभापतीको प्रत्यासी विनोद ढकालले आरोप लगाए ।
‘वडा समितिमा १८४ जना नयाँ क्रियाशिल सदस्य थप गर्ने सर्वसम्मती निर्णय भएको थियो’, उनले भने, ‘सर्वसम्मती निर्णय विपरित वडा सभापतीले १९ जना थप गरी क्रियाशिल सदस्यता सिफारिस गरेकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । त्यसको घोर भत्र्सना गर्छाँै ।’
नयाँ सदस्यता थप गर्ने विषयमा भएको विवादबारे जिल्ला कार्य समिति र क्रियाशिल छानविन समिति केन्द्रलाई पनि जानकारी गराइएको उनले बताए । ‘यस विवादलाई मिलाउन उहाँले कुनै पनि प्रयत्न नगरेकाले हामी बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेका हौँ’, उनले भने ।