चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार चितवनमा शुक्रबार सक्रिय संक्रमित २६६ रहेका छन् । बिहीबार सक्रिय संक्रमित २४२ जनामात्र छन् ।
बितेको २४ घन्टामा भरतपुर महानगरपालिकामा २३, रत्ननगर नगरपालिकामा २, कालिकामा १ इच्छाकामनामा १ संक्रमित थपिएका छन् ।
चितवनका २३२ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । हालसम्म चितवनका ४२५ जना संक्रमितको मृत्यु भएको छ । चितवनमा हालसम्म २६ हजार ४५३ जना संक्रमित भएका छन् भने २५ हजार ७६५ संक्रमित निको भएका छन् ।

