चितवन । चितवन जिल्लाको सातै पालिकामा कोरोना भाइरसको दोस्रो डोजको खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले पहिलो डोज कोरोनाको खोप लगाएकाहरुले कार्तिक ७ देखि १० गतेसम्म चितवनका सबै पालिकामा खोप लगाइने जनाएको छ । यसअघि लगाइएको सबै खोप केन्द्रहरुमा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।







