चितवन । चितवनमा निषेधाज्ञाको पहिलो दिन बिहानै मानिसहरुले अवज्ञा गर्दै हिडेपछि नियन्त्रणमा लिएर होल्डिङ्ग राखिएको छ । चितवन प्रशासनले अत्यावश्यक सेवा क्षेत्रको लागि विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न दिएपनि काम बिनानै होहल्ला गर्दै हिड्ने, काम विना घरबाट बाहिर निस्कन १०३५ जनालाई कारवाही गरेको हो ।
जिल्लाका विभिन्न ठाउंँबाट त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिई होल्डिङ्ग सेन्टरमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले जानकारी दिए ।
‘चेकिङ्गका क्रममा पुलचोक, शहिदचोक, चौविसकोठी , पूर्वी चितवन , गीतानगर लगायतका ठाउंँबाट उनीहरुलाई नियन्त्रणमा लिएका हौं , अधिकारीले भने, उनीहरुलाई केहीबेर होल्डिङ्गमा राखेर सम्झाई बुझाई छाडिएको छ । ’ कोरोना स्वास्थ्य सुरक्षा मापदण्डमा प्रहरीले थप कडाई गर्दै लैजाने अधिकारीले बताए ।