चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा ३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार अब चितवनमा सक्रिय संक्रमित २४२ जनामात्र छन् ।
बितेको २४ घन्टामा भरतपुर महानगरपालिकामा २७, माडी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा ३, इच्छाकामनामा २ संक्रमित थपिएका छन् ।
चितवनका २०७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । हालसम्म चितवनका ४२५ जना संक्रमितको मृत्यु भएको छ । चितवनमा हालसम्म २६ हजार ४२४ जना संक्रमित भएका छन् भने २५ हजार ७७५ संक्रमित निको भएका छन् ।

