बुटवल ।कोरोना संक्रमण नियन्त्रणका लागि भनेर जारी गरिएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।
निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरु मध्य ५ पुरुषले प्रतिव्यक्ति ९ हजार १ सय रुपैया जरिवाना तिरेर छुट्न सफल भए भने एक महिलाले ६ सय रुपैया तिरेर छुटेका थिए ।
बाकी ३ जना पुरुषले तोकिएको जरिवाना तिर्न नसकेपछि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका छन ।
‘निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अबरोध पु¥याएको हुँदा नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको प्रहरीले जनाएको छ।