चितवन । शारदानगरमा खानेपानी आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ । महानगरपालिकाको १७, १९ र २० वडालाई समेट्ने गरी ५० करोड लगानीमा सम्पन्न हुने आयोजनाको बुधबार भरतपुर महानगरपालिका–१९ स्थित मिलडाँडामा महानगर प्रमुख रेनु दाहालले शिलन्यास गरेकी हुन् ।
महानगर प्रमुख दाहालले शारदानगर खानेपानी आयोजना समयमै सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न उपभोक्ता समितीलाई आग्रह गरिन् ।
प्रमुख दाहालले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा लिएकाले महानगरले पनि हाल भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, उपभोक्ता समितिमार्फत आयोजनाबाट ८१ प्रतिशत नागरिकलाई शुद्ध पिउने पानीको पहुँच पुर्याइएको र निर्माणाधिन आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा पिउनेपानीको शत प्रतिशत पहुँच स्थापित गर्ने बताईन् ।
यस्तै भरतपुर महानगरपालिका वडा नम्वर १९ का वडाध्यक्ष कर्णबहादुर गुरूङले शारदानगर खानेपानी आयोजनाले यस क्षेत्रका उपभोक्ताहरूलाई शुद्ध र गुणस्तरिय पिउने पानीको सहज पहुँच स्थापित हुने बताउदै यस आयोजनाबाट बढि भन्दा बढी लाभ लिन उपभोक्ताहरूलाई आग्रह गरे ।
कार्यक्रममा मिलडॉडा टोल विकास संस्थाका अध्यक्ष तेज बहादुर गुरुङले आयोजना संचालनमा आएसंगै १९ हजार घरधुरी लाभान्वित हुने छन् ।

