विराटनगर । अविरल वर्षाका कारण सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर १३ नागेश्वर मार्गमा पहिरोले पुर्दा दुईजना बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले दिएकोअनुसार स्थानीय नागेश्वर मार्गमा मंगलबार अपरान्ह पहिरो जाँदा निशान राईका ४ वर्षीय छोरा निहान राई र ७ वर्षीया छोरी निसु पुरिएर मृत्यु भएको हो ।
पहिरोले राईको टिनको घर पुरेको थियो ।
तत्काल उद्धार गरेर उपचारका लागि दुवैलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भएपनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

