चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं १० स्थित टिकौली चौरमा चार दिनको नवजात शिशु मृत अवस्थामा भेटिएकी छन् । रत्ननगरको इलाका प्रहरी कार्यालयले खगेरी पुलनजिकैको खाली चौरमा तीन-चार दिनको नवजात शिशु मृत अवस्थामा भेटिएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार शिशुको शरीरमा कुनै चोटपटक छैन । कसैले शिशु जन्माएर चौरमा फालेको हुनसक्ने अनुमान चितवन प्रहरीले गरेको छ । खाली चौरमा नवजात शिशु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ ।

