चितवन । दसैँ अवधिमा चितवनमा भएका दुर्घटना अधिकांश मादक पदार्थ सेवनका कारण भएको पाइएको छ । असोज २१ गतेदेखि ३० गतेसम्म अर्थात् दसैँ अवधिमा चितवनमा १९ वटा दुर्घटना भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार चितवनमा भएका १९ दुर्घटनामध्ये अधिकांश मादक पदार्थ सेवनका कारण भएको पाइयो । ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले दसैँ अवधिमा भएका दुर्घटना अधिकांश मादक पदार्थ सेवनका कारण भएको बताए । चितवन प्रेससँगको कुराकानीमा उनले दसैँ अवधिमा भएका १९ दुर्घटनामा ९ जनाको मृत्यु भएको जानकारी दिए । सोही अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भए । २८ वटा सवारी साधन दुर्घटनामा परे । दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए ।
तीव्र गति, क्षमता भन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारणले पनि सवारी दुर्घटनामा परेका जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

