चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट हुने सेवा प्रवाह भोलि वैशाख १७ गते शुक्रबारदेखि बन्द हुने भएको छ ।प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा आज जारी सूचनाअनुसार कोभिड १९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रजिअबाट जारी आदेशबमोजिम वैशाख १७ गतेदेखि वैशाख ३१ गतेसम्म अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिन लागेको हो ।
निषेधाज्ञा अवधिभर सेवाग्राहीले नागरिकता, राहदानी, संघसंस्था दर्ता, नवीकरणलगायतका सेवा पाउने छैनन् ।