काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुई वटा परकम्प गएको छ । आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो । रासस
सिन्धुपाल्चोकमा पुन: परकम्प
सिन्धुपाल्चोकमा पुन: परकम्प
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

