चितवन । चितवनका विभिन्न अस्पतालमा हाल ४८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार चितवनका विभिन्न अस्पतालमा ४८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।
भरतपुर अस्पतालमा २९, चितवन मेडिकल कलेजमा १५, पुरानो मेडिकल कलेजमा २ र अन्य अस्पतालमा २ जना संक्रमित उपचाररत रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजको भेन्टिलेटरमा ३, पुरानो मेडिकल कलेजको भेन्टिलेटरमा २ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।
चितवनका विभिन्न अस्पतालमा २२ जना संक्रमित आइसियूमा, २२ जना एचडियुमा, ५ जना भेन्टिलेटरमा ४ जना जनरल वार्डमा उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालबाट ४ जना संक्रमित डिस्चार्ज भएका छन् ।

