चितवन । नेपाल सरकार, गृहमन्त्रालयले निषेधाज्ञा भएका जिल्लाका प्रशासन कार्यालयहरुलाई निशेषधाज्ञाको समयमा सवारी पास नदिन कडा आदेश दिएको छ । गृहमन्त्रालयले आदेश बमोजिम आज जिल्ला प्रशासन कार्यालय, चितवनले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
सूचनामा भनिएको छ,‘ निषेधाज्ञा जारी भएका जिल्लाहरुबाट आन्तरिक तथा बाह्य जिल्ला कुनै पनि प्रकारको सवारी पास नगर्नु नगराउनु ,भनी पत्र प्राप्त भएकोले सोही अनुसार कुनै पनि सवारीको पास जारी नहुने व्यवहोरा जानकारी गराईन्छ ।’
गतबर्षको निशेषाज्ञा र लकडाउनको समयमा जिल्लाभित्र र अन्तरजिल्लाको हकमा दुवैतर्फका प्रमुख जिल्ला अधिकारीको समन्वयमा सवारी पास जारी भएको थियो । न्यू भेरियण्टको कोरोना संक्रमणले उग्ररुप लिएपछि सवारीपासमा कडाई गरिएको हो ।