चितवन । भरतपुर अस्पतालले यही वैशाख १७ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मको लागि बहिरंग सेवा (ओपिडी), इलेक्टिभ सर्जरी र इएचएस सर्जरीलगायतका सेवा स्थगित गर्ने भएको छ ।
बुधबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले अस्पतालको आकस्मिक कक्ष यथावत सञ्चालन हुने भए पनि बहिरंग सेवा तथा सर्जरीका कामहरुलाई स्थगित गर्ने निर्णय गरेको हो । ज्वरो आएका बिरामीको लागि भने ज्वरो क्लिनिक सञ्चालन गरिनेछ ।