चितवन। चितवनमा आज बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) बैठकले बैैशाख भोली १६ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
चितवनमा कोरोना (कोभिड १९) संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।
चितवनमा आजसम्म कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएसंगै कुल सक्रिय संक्रमितको संख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् ।
यस्तै रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका २ जना, राप्ती, कालिका र इच्छाकामनाका एक/एक जना संक्रमित थपिएका छन् ।