चितवन । चितवनमा गत चौबीसघन्टामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र बीपी मेमोरियल क्यान्सर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा सोमबार १०५ र आइतबार ११२ जनामा संक्रमण पुष्टि भएको थियो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा वैशाख १४ गते परीक्षण गरिएका १५७ नमुनामध्ये ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख मणिराम महतोले जानकारी दिएका छन् ।
संक्रमित हुनेहरुमा भरतपुर महानगरका १६ पुरुष र २६ महिला रहेका छन् । यस्तै, रत्ननगरका २ पुरुष १ महिला, खैरहनीका २ पुरुष, राप्तीका १, कालिकाका १, नवलपरासीका ४ पुरुष, तनहुँका १ पुरुष, गोरखाका १ महिला, प्युठान, बारा, र हेटौँडाका ११ पुरुष रहेका छन् ।
यस्तै, चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा परीक्षण गरिएका २३१ नमुनामध्ये १०६ जनामा संक्रमण पुष्टि भएको माइक्रोबायोलोजी विभागका प्रमुख डा अनुप पौडेलले जानकारी दिए ।
डा पौडेलका अनुसार संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरका मात्रै ४९ जना छन् । जसमा २९ महिला र २० पुरुष रहेका छन् । यस्तै, रत्ननगर नगरपालिकामा १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १० महिला र ७ महिला रहेका छन् । खैरहनीका ३ महिला १ पुरुष, नवलपुरका ८ पुरुष ५ महिला रहेका छन् ।
यस्तै, बीपी कोरोराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड प्रयोगशालामा परीक्षण गरिएका १६५ नमुनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरका ४ महिला र ३ पुरुष, सर्लाहीका २, कैलालीका २, पर्सा, बाँके, रुपन्देही, झापा, दाङ, दैलेख, कपिलवस्तुका ११ जना रहेको रहेको बीपी कोइराला क्यान्सर अस्पताल कोभिड ल्याबका उपनिर्देशक डा कृष्ण सागर शर्माले जानकारी दिए ।