काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारसँग रहेर दसैँको टीका ग्रहण गरेका छन् । देउवाले परिवारसहित दसैँको टीका लगाएका हुन् ।
विजयादशमीका दिन आज बिहान १० : ०२ बजे टीका लगाउनका लागि उत्तम साइत थियो ।
श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा टीका लगाएको तस्बिर प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ ।

