काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाएकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दसैँ मनाएका तस्बिरहरू सार्वजनिक गरकी छन् ।
“मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुसी छु। सबै नेपाली साथीहरूलाई सु-स्वास्थ्य सुख र उन्नतिका लागि मंगलमय शुभकामना गर्दछु,” उनले लेखेकी छन् ।
सेयर गरिएका तस्बिरहरूमा उनले सहकर्मीहरूलाई टीका र जमरा लगाइदिएको देखिन्छ । तर, उनले भने लगाएकी छैनन् ।

