चितवन । भरतपुर अस्पतालका डा. जगन्नाथ तिवारी निमित्त मेडिकल सुपरिटेन्डेन्टमा चयन भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आर्थिक उपसचिव लक्ष्मीप्रसाद जोशीले डा. तिवारीलाई यही वैशाख ५ गते सचिवस्तरीय बैठकबाट निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी तोकेको जनाएका छन् ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बासुदेव पाण्डेको वैशाख ५ गतेदेखि अनिवार्य अवकाश भएकाले अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक अधिकारसमेत प्रयोग गर्ने गरी डा तिवारीलाई कार्यसम्पादनको जिम्मेवारी दिइएको हो ।