गैंडाकोट। कालिका मन्दिर कालिका आश्रम गैंडाकोट ८ मा आज फुलपाती भित्र्याउने गरि तयारी गरिएको ।
साँझ ६ बजे भजन किर्तन सहित पन्चेबाजाका साथ फुलपाती भित्र्याउने तयारी पुरा भएको मन्दिरका अध्यक्ष धनप्रसाद सापकोटाले बताउनुभयो । भोली २७ गते राती कालरात्रि पूजा, २८ गते महानवमी कन्या पूजन तथा हवन र २९ गते विजयादशमीको टीक ग्रहणका कार्यक्रम रहेको अध्यक्ष सापकोटाले बताउनुभयो । मन्दिरमा श्रीमद्देवीभागवत महापुराण जारी रहेको छ । आश्रमको निर्माणाधीन मन्दिरको बाँकी निर्माण कार्यलाई पूर्णता दिने उद्देश्यले श्रीमद्देवीभागवत महापुराणको आयोजना गरिएको मन्दिरका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
उहाले नवरात्र (विजयादशमी) को पावन अवसरमा यहि असोज २१ गतेदेखी २८ गतेसम्म श्रीमद्देवीभागवत महापुराण भइरहेको बताउनुभयो । दैनिक महायज्ञमा युवा पण्डित सुरेश अर्यालले पाठ परायण एवं डा. नारायणप्रसाद गौतमले संगीतमय कथावाचन गर्नुभएको छ ।

