मोरङमा भारतीय लुटेरा समूहद्धारा सिटीजन बैंक लुट्ने प्रयास
सोमबार, असोज २५, २०७८
मा प्रकाशित
विराटनगर । मोरङमा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ । धनपालथान गाउँपालिका कर्सियास्थित सिटिजन्स बैंक लुट्ने लुटेको प्रयास भने असफल भएको छ ।
सोमबार दिउँसो बैंकको रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । त्यसक्रममा सुरक्षा गार्ड शीतल कुँवरलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई पनि गोली लागेको छ । पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ ।