रूपन्देही । रूपन्देही मोतिपुर क्षेत्रमा प्रहरी र सुकुम्बासीहरूबीच झडपपछि गोली चल्दा मृत्यु भएका चार जनामध्ये एक जनाको सनाखत भएको छ।
गृह मन्त्रालयका अनुसार कपिलवस्तु वाणगंगा-१० का २० वर्षीय रमेश परियारको सनाखत भएको हो। उनको बेलुका साढे ६ बजे उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
अन्य मृत्यु हुने तीन जना व्यक्तिको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू तिनै जनाको सनाखत भएको छैन। प्रहरीका अनुसार झडपमा प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते छन्।
उनीमध्ये एक जनाको अवस्था गम्भीर छ। छाती र पेटमा गहिरो चोट लागेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका घाइते प्रहरी
प्रनानि नबिन चालीसे
प्रज रिजन थापा
प्रज गोविन्द चौधरी
प्रज झविन्द्र परियार
प्रज विनोद परियार
प्रज अनिता कुँवर
प्रज मेघराज पुन
प्रज राकेश यादव
प्रज राज लौनिया
प्रज जितेन्द्र पुन
प्रज जगवीर पुन
प्रज प्रदीप ठाकुर
प्रज सुर्यनाथ रेग्मी
प्रनानि भरतराज पन्थी
प्रज जय कुमार चौधरी
प्र.ना.नि.बाबुराम घिमिरे
प्रनाउ मदन कुँवर
प्र.नि. चक्र बहादुर डरमपाल
प्रह जगन्नाथ डाँगी
प्रज बिरेन्द्र सुनारी
प्रज झरना परियार
प्रज लिला वली
प्रज सुजन सोमरे
प्रज अजय कुँवर
प्रज मनराज घर्तीमगर
प्र.स.नि.बिमला विक (डिस्चार्ज)
मेडिकल कलेज भैरहवामा उपचार हुँदै
प्रज निरशंकर केसी
प्रज सुरेन्द्र रोका
प्रज खगेन्द्रप्रसाद यादव
प्रज महेन्द्र वली
प्रज अभिषेक बस्नेत
प्रज टेक ब. पल्ली
प्रज भरत गयल मगर
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
जिल्ला नवलपरासी पश्चिम बर्दघाट न.पा. ४ बस्ने वर्ष २३ को विजय सहानी, कम्मरमा गोली लागेको, अवस्था गम्भीर
जिल्ला नवलपरासी पश्चिम बर्दघाट न.पा. ६ बस्ने वर्ष ३० को विष्णु परियार, गोली लागेको, अवस्था मध्यम
जिल्ला रुपन्देही सैनामैना न.पा. ८ बस्ने वर्ष ३२ को सन्तोष विक, खुट्टामा गोली लागेको, अवस्था मध्यम,
जिल्ला पाल्पा तिनाउ गा.पा. २ बस्ने वर्ष १९ को समिर थापा, कुर्कुचामा गोली लागेको, अवस्था सामान्य,
रुपन्देही बुटवल उ.म.न.पा.१३ बस्ने वर्ष ३४ को टुकबहादुर बुढाप्रिती, घाँटीमा सामान्य काटेको,
जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.१७ बस्ने वर्ष ६२ को ज्ञानबहादुर गुरुङ, हातमा काटेको, सामान्य,
ऐ.ओमसतीया गा.पा.३ बस्ने वर्ष ६३ की मनरुमा झा, टाउकोमा चोट, अवस्था सामान्य,
जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.११ बस्ने बर्ष २२ को सुजन थापा, टाउकोमा चोट, अवस्था सामान्य,
ऐ.२ बस्ने वर्ष ३४ को सुजन परियार, साप्रामा काटेको, अवस्था सामान्य,
ऐ. ११ बस्ने बर्ष ५२ को त्रिचन्द्र कुर्मी, आंखाको परेलामा चोट, अवस्था सामान्य,
जिल्ला अर्घाखाँची बलकोट गा.पा. २ बस्ने वर्ष २४ को मेघराज कुमाल, सामान्य,
जिल्ला पाल्पा रिब्दीकोट गा.पा. २ बस्ने बर्ष ४३ को भीमबहादुर कार्की, दाहिने खुट्टामा गोली लागेको, अवस्था मध्यम,
जिल्ला दाङ हापुर १ बस्ने वर्ष ३१ को मेघ बहादुर रोक्का क्षेत्री, अवस्था सामान्य, कानमा चोट
मेडिकल कलेज भैरहवामा उपचार हुँदै
जिल्ला गुल्मी घर भएको वर्ष ३२ को जंग ब. परियार, छातीमा चोट, अवस्था गम्भीर
जिल्ला पाल्पा घर भएको वर्ष ३५ को गम्भीर सिंह, पेटमा चोट, अवस्था गम्भीर
जिल्ला न.प. पश्चिम प्रतापुर गा.पा.-६ घर भएको वर्ष २२ को सर्बेस केवट, पेटमा चोट अवस्था मध्यम
जिल्ला पाल्पा तानसेन न.पा. १ बस्ने वर्ष ३८ को प्रेम कामी, पेटमा चोट लागेको, अवस्था गम्भीर

