काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बुद्ध मन्दिरनजिकबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एक युवक पक्राउ परेका छन् । जाजरकोटको भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार बिहान प्रहरीले पक्रेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइराखेको एकथान छालासहित उनलाई फेला पारी पक्राउ गरेको हो ।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

