चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ठुलोकान्छा तामाङको परिवारलाई आर्थिक सहयोग गरिएको छ । शनिबार एक कार्यक्रममा बीच रत्ननगर नगरपालिका, नगरपलिकाका जनप्रतिनिधि र नगर खेलकुद विकास समितिले एममुष्ट ३ लाख ६६ हजार ७५० रुपैयाँ सहयोग गरेका हुन ।
गत भदौ २९ गते मृत्यु भएका तामाङको परिवारलाई रत्ननगर नगरपालिकाले २ लाख, जनप्रतिनिधीले १ लाख ३३ हजार, नगर खेलकुद विकास समितिले १ लाख ३३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको सामाजिक विकास समिति संयोजक केशब आचार्यले जानकारी दिए । मृतक तामाङको परिवारमा रहेका १ छोरा र १ छोरीको शिक्षाको लागि आर्थिक सहयोग गरिएको नगर प्रमुख नारायण वनले बताए ।

