चितवन । माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतो र वडाध्यक्ष रामबन्धु पोखरेलबिच उत्पन्न विवाद सहमतीमा टुङ्गिएको छ ।
नगरपालिका कार्यालयमा आयोजित सर्वदलिय तथा सर्वपक्षीय प्रतिनिधि मण्डलको छलफलबाट उपमेयर महतो र वडाध्यक्ष पोखरेलबिच विवाद अन्त्य गर्ने सहमती भएको हो । छलफलमा वडाध्यक्ष पोखरेलले आफ्नो कुनै गलत मनसाय नरहेको बताउनुभएको थियो ।
यसैबिच, विवाद प्रकरणबारे माडीका नगरप्रमुख ठाकुर ढकालले एक वक्तव्य प्रकाशित गर्दै यसबारे आएको समाचार र टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको बताउँदै नगरपालिकाभित्र देखिने विवाद र अन्तरबिरोधहरु सम्वाद र छलफलका माध्यमबाट हल गर्दै जाने बताउनुभएको छ । सो विवादको समाधान भइसकेकाले त्यस बिषयमा अनावश्यक प्रचारबाजी नगरिदिन पनि उहाँको अनुरोध छ ।
माडी नगरपालिकाका उपप्रमुख महतो र वडाध्यक्ष पोखरेलबिच उत्पन्न विवाद सहमतिमा टुङ्गियो
माडी नगरपालिकाका उपप्रमुख महतो र वडाध्यक्ष पोखरेलबिच उत्पन्न विवाद सहमतिमा टुङ्गियो
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु