चितवन। राप्ती नगरपालिका वडा नम्वर २ को वडा कार्यालयले वडा भित्रका गर्भवती महिलालाई पोषण भत्ता दिएको छ ।
गर्भवती तथा सुत्केरी आमा पोषण कार्यक्रम अन्र्तगत यो वर्ष पहिलो चरणमा ४३ जना महिलालाई पोषणका लागि भत्ता उपलव्ध गराएको वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८ / ०७९ को पहिलो चरणमा ति संख्याका गर्भवती महिलालाई २ हजार ५ सय रुपैयाँका दरले भत्ता प्रदान गरिएको थियो ।
उप्रेतीले आमा र वच्चाको मृत्यु हुन नदिन वडा कार्यालयले यो कार्यक्रम संचालन गरेको जानकारी दिए । स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएको वर्षदेखी सो वडाले यो कार्यक्रम सुरुवात गरेको थियो । चालु आर्थिक वर्षमा वडाले ३ लाख रुपैयाँ विनियोजन गरेको थियो भने अघिल्लो आर्थिक वर्षमा ९४ जना महिलालाई पोषण भत्ता वितरण गरेको थियो ।

