हेटौैँडा । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवनमा कार्यरत प्रहरी हबल्दार निलिमा खनाललाई प्रहरी प्रधान कार्यलयले सम्मान गरेको छ ।
नेपाल प्रहरीको पेशागत मर्यादा कायम गर्दै नेपाल प्रहरीमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने सन्र्दभमा व्यवसायीक क्षमता प्रदान गरेकोमा कदर स्वरुप प्रहरी प्रधान कार्यालयले खनाललाई सम्मान गरेको हो । उनलाई ६६ औ प्रहरी दिवसको अवसरमा हिजो बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रम मार्फत सम्मान गरिएको हो ।
खनाललाई बागमती प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्य र बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी प्रकाश जंग कार्कीले प्रहरी प्रधान कार्यालयले प्रदान गरेको सम्मानपत्र प्रदान गरेका थिए । खनाल यस अघि मकवानपुरमा कार्यरत थिईन् । मकवानपुरमा रहँदा खनालले महिला सेलमा आफ्नो कुशल क्षमता प्रस्तुत गरेकी थिईन् ।