चितवन । ६६औ प्रहरी दिवसका अवसरमा चितवनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ३३ प्रहरी सम्मानित भएका छन । उत्कृष्ट कार्य गर्ने २४ जना प्रहरी र ९ जना हवल्दारलाई सम्मानित गरिएको हो । यस्तै सो अवसरमा १८ जना अमर प्रहरी परिवार सम्मानित भएका छन ।यस्तै पत्रकार महासंघ चितवनलाई पनि सत्यतथ्य समाचार सम्प्रेषण गरी अपराधा न्यूनिकरण गर्न भूमिका खेलेको भन्दै प्रशंसा पत्र द्धारा सम्मानित गरिएको थियो ।
प्रहरी दिवसकै अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका मेयर रेनु दाहालले महानगरपालिकाले विकास र सुरक्षालाई सँगसँगै मिलाएर अगाडि बढाइरहेको बताईन । उनले हरेक प्राकृतिक विपत्ति र महामारीमा महानगरले नेपाल प्रहरीसँग साझेदारी गर्दै काम गरिरहेको बताईन । उनले शान्ति सुरक्षालाई चुस्त बनाउन प्रहरी एक्लैले मात्र सम्भव नभएको भन्दै यसका लागि स्थानिय सरकार, प्रदेश सरकार, केन्द्रिय सरकार, नागरिकको पनि उत्तीकै भूमिका रहने समेत बताईन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रहरीले जनताको हरेक दुःख सुखमा साथ दिनुपर्ने बताए। उनले प्रहरीले हरेक खण्डमा जनतालाई सहयोग गरिरहेको र गरिरहनु पर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, उपमेहर पार्वती सहा ठकुरी , जिल्ला अदालतका जिल्ला न्यायाधीश हेमन्त रावल लगाएतले मन्तव्य राखेका थिए ।