चितवन। ६६औ प्रहरी दिवसका अवसरमा चितवनमा विभिन्न विद्यामा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज आयोजना गरेको कार्यक्रममा १८ जना अमर प्रहरी परिवार सम्मान, अपराध रोकथाम नियन्त्रण लगायतको प्रहरी कार्यमा सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो । सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने २४ जना प्रहरी , ९ जना हबल्दार लाई सम्मान गरिएको थियो । प्रहरी दिवसकै अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका मेहर रेणु दाहालले महानगरपालिकाले विकास र सुरक्षालाई सँगसँगै मिलाएर अगाडि बढाइरहेको बताउनुभयो । उहाँले हरेक प्राकृतिक विपत्ति र महामारीमा महानगरले नेपाल प्रहरीसँग साझेदारी गर्दै काम गरिरहेको जानकारी समेत दिनुभयो । उहाँले शान्ति सुरक्षालाई चुस्त बनाउन प्रहरी एक्लैले मात्र सम्भव नभएको भन्दै यसका लागि स्थानिय सरकार, प्रदेश सरकार, केन्द्रिय सरकार, नागरिकको पनि उत्तीकै भूमिका रहने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रहरीले जनताको हरेक दुःख सुखमा साथ दिनुपर्ने बताउनुभयो । उहाँले प्रहरीले हरेक खण्डमा जनतालाई सहयोग गरिरहेको र गरिरहन्न पर्ने बताउनुभयो । उहाँले प्रहरिले नागरिकको गुनासो पनि सुन्नु पर्ने बता बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, उपमेहर पार्वती सहा ठकुरी , जिल्ला अदालतका जिल्ला न्यायाधीश हेमन्त रावल लगाएतले मन्तव्य राख्नुभएको थियो ।