चितवन।भरतपुर महानगरपालिका वडा न ९मा गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको छ ।
भरतपुर महानगरपालिका वडा न ९ कार्यालय र महिला स्वास्थ्य स्वयंसेविकाको सहकार्यमा आज ( मंगलबार ) वडा कार्यालय परिसरमा ६० जना गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको हो । भरतपुर महानगर वडा न ९ का अध्यक्ष यमलाल कडेलले दिएको जानकारी अनुसार पोषण आहारमा एक क्यारेट अण्डा, चना , केराउ , बोडी , आयोडिनयुक्त नुन, साबुन, दाल लगायतका सामाग्रीहरु रहेका छन् ।
यस्तै डा सतिस ढकालले गर्भवती महिलाको पोषणले जीवनको समग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले वडा र स्वास्थ्य स्वयंसेविकाले यो विषयलाई महत्व दिएको जानकारी दिनुभयो । उहाँले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुर्याउनुपर्ने कुराबारे चेतना फैलाउने कार्य गर्नु पर्ने बताउनुभयो । उहाँले गर्भवती महिलाले ९ महिनाको अबधिमा ४ पटक सम्म स्वास्थ्य जाँच अनिवार्य रुपमा गर्नु पर्ने बताउनुभयो । उहाँले स्वास्थ्य कार्यालयमा गर्भवती महिलाको लागि सबै सेवाहरु रहेको समेत जानकारी दिनुभयो ।

