चितवन । अघिल्लो महिना उल्लेखनीय रुपमा कोरोनाका बिरामी उपचार गराउा आउने भरतपुर अस्पतालमा पछिल्लो समय यी बिरामीको संख्यामा कमी आएको छ । कोरोनाको असर कम हुंँदै जांँदा यसका विरामी पनि घट्दै गएका हुन् । हाल अस्पतालमा जनरल ओपिडी, ओपीडी , शल्यक्रिया, भाइरलका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हाल ३३ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् ।
अस्पतालको भेन्टिलेटरमा कोरोनाका बिरामी छैनन् । ६ जना आइसियुमा र २० जना जनरल वार्डमा र अन्य एचडियु कक्षमा उपचार गराइरहेका छन् । भरतपुर अस्पतालमा कोरोनाका बिरामी घट्न थालेपछि अन्य प्रकृतिका बिरामी बढ्दै गएका अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बिरामीको चापबढेसँगै बहिरङ्ग सेवाको समय बढाएको समेत बताए । अन्य प्रकृतिका विरामी बढेसंँगै सेवा विस्तार, जनशक्ति व्यवस्थापन गर्दै लगिएको डाक्टर पौडेलको भनाई छ ।
प्राडा पौडेलका अनुसार बहिरङ्ग सेवाका लागि बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ । ८ः३० बजेबाट स्वास्थ्य परीक्षण सुरु गरिएको छ । बिरामीले टिकट काटिसकेपछि लामो समयसम्म कुर्न नपरोस् भनेर तीन छुुट्टा–छुट्टै कक्षबाट सेवा सुरु गरिएको छ । यसलाई थप व्यवस्थित र गुणस्तरीयता कायम गरिदै लगिने डाक्टर पौडेलको भनाई छ । अस्पतालले आजदेखिनै जनरल ओपिडी सेवा पनि शुरु गरेको छ ।

