चितवन। चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले भरतपुर अस्पतालको सरसफाइ गरेका छन्।
भरतपुर अस्पतालमा प्रत्येक सोमबार हुने साप्ताहिक सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्ग , सशस्त्र प्रहरी बल आपटारीका प्रमुख दिपक थापाको नेतृत्वमा सशस्त्र प्रहरीहरु, भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी र निप्रमेसु डाक्टर कृष्ण प्रसाद पौडेल र भरतपुर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुको सहभागीतामा आज सरसफाइ कार्यक्रम भएको हो।


