चितवन । बिजुलीको पोल प्रयोग गरेबापत भाडा तिर्न आनाकानी गरेका चितवनका इन्टरनेट सेवा प्रदायकहरु जिल्लाभरी नै इन्टरनेट अवरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् ।
प्राधिकरणले पोलको भाडा नतिरेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुहरुको तार काट्न सुरु गरेसंगै इन्टरनेट अवरुद्ध गरी आन्दोलित भएका छन् । इन्टरनेट कम्पनीका कर्मचारीहरुले नेपाल विद्युत् प्राधिकरण भरतपुरको कार्यालय अगाडि कुलमान घिसिङ र विद्युत् प्राधिकरणविरुद्ध नाराबाजी गरेका थिए । त्यसलगत्तै नाराबाजी गर्दै मोटरसाइकल र्याली निकालेका थिए ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन सांकेतिक रुपमा काटेको हो । चितवनमा हालसम्म ८ वटा सेवा प्रदायकहरुले मात्रै भाडा तिरेको प्राधिकरणको भनाई छ ।

