चितवन। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई चितवन अटोमोवाइल्स एसोसिएनले स्वास्थ्य तथा ट्राफिक सचेतना सामग्री हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय संस्था नाडाको सहकार्यमा सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक सुरज शाक्यले चितवन प्रेसलाइ जानकारी दिए । संस्थाका अध्यक्ष अमृत जोशीले कार्यालय प्रमुखलाई सामग्री हस्तानान्तरण गरेका हुन् । कार्यक्रममा पूर्व अध्यक्ष तथा अटोमोवाइल्स साकोसका अध्यक्ष भिमलाल न्युरे लगायत कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो।

