चितवन । भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-२ भैरपुर निवासी ३५ वर्षीय सूर्य नारायण महतो रहेको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका-२२ कुमियामा अपराह्न करीब ४ः३० बजे भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना. २४ प. ५२९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको ना. ७ ख. ३६८३ नम्बरको टिप्परसँग ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक महतो गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले अपराह्न ५:२२ बजे मृत घोषणा गरेका हुन् ।
मोटरसाइकलको पछाडि सवार माडी-२, भैरवपुरका ३६ वर्षीय केशर महतो घाइते भएका छन् । उनको बायाँ हातमा सामान्य चोट लागेको र हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

