चितवन । रत्ननगर नगरपालिका वडा नं–९, टिकौलीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् ।
भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालक माडी–१, गर्दी बस्ने २० वर्षीय त्रिशल महतोको उपचारका क्रममा सेन्ट्रल हस्पिटल भरतपुरमा मृत्यु भएको हो ।
दाहिने खुट्टा छातीमा गम्भीर चोट लागेको अवस्थामा महतोलाई हस्पिटल लगिएकोमा डाक्टरले शुक्रबार बिहान ३ः३० बजे मृत घोषणा गरेका हुन् ।
यस्तै, मोटरसाइकलपछाडि सवार माडी–१, गर्दी बस्ने १९ वर्षीय अंकित महतोको सेन्ट्रल हस्पिटल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

