चितवन । चितवनको माडीमा घुँगी खोज्न गएका एक जना वृद्ध मृत फेला परेका छन् । माडी नगरपालिका–१ रिउ खोलाको किनारमा पाण्डवनगरका ६५ वर्षीया बुद्धिराम बोट मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय माडीका अनुसार बोटको शव खोला किनारको दलदलमा घोप्टो परेको अवस्थामा फेला परेको हो।
घरबाट शुक्रबार दिउँसो करिब १ बजे ‘घुँगी खोज्न जान्छु’ भन्दै निस्केका बोट घर नफर्केपछि परिवारजनले प्रहरी चौकी बरुवा, माडीमा खबर गरेको थियो ।
खबर प्राप्तपछि प्रहरी चौकी बरुवाका प्रहरी सहायक निरीक्षक अर्जुन घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा बोटको शव रिउ खोलामा आज मृत अवस्थामा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

