चितवन। अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिले बिपिन जोशीको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागीहरूले जोशीको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनको साहस, समर्पण र बलिदानलाई सदैव स्मरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
बिपिन जोशीको कथा केवल व्यक्तिगत पीडामा सीमित नभई हजारौं नेपाली युवाको साझा नियति बनेको छ। “सिक्ने र कमाउने ” कार्यक्रम मार्फत इजरायल पुगेका जोशी परिश्रम र स्वाभिमानको सपना बोकेर विदेशिएका थिए। तर, गाजा क्षेत्रमा हमासद्वारा बन्धक बनाएर राख्दा उनका जीवनले शोकमात्र होइन, देशभरका हृदयमा चोट पुर्यायो।
कार्यक्रममा विदेशिएका युवाहरूको भविष्य निर्माणको अधिकारका लागि भइरहेको संघर्षलाई औँल्याउँदै भने, “अब कुनै बिपिनले आफ्नो जीवन सपनाको सट्टा शोकको समाचारमा परिणत नहोस्।”
दीप प्रज्वलन मार्फत सहभागीहरूले जोशीका अधुरा सपना, संघर्ष र योगदानलाई सम्झिँदै देशभित्रै नयाँ परिवर्तन र चेतनाको ज्वाला बाल्ने प्रतिज्ञा व्यक्त गरे। अन्तमा देशले बिपिन जोशीलाई कहिल्यै बिर्सने छैन। उनका साहस र आत्मबलले विदेशी भूमिमा संघर्षरत सम्पूर्ण युवाहरूको प्रतिनिधित्व गर्दै भविष्यमा नयाँ आन्दोलन र चेतनाको प्रतीक बन्नेछ।

