काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज विभिन्न राजनीतिक दलहरूसँग निर्वाचन सम्बन्धमा छलफल सुरु भएकाे छ ।
छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने थप दलका प्रतिनिधिहरु पनि सहभागी हुनुहन्छ ।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनुभएकाे छ ।
त्यस्तै छलफलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा र नेता प्रकाशशरण महत, नेकपा (एमाले) बाट महासचिव शङ्कर पोखरेल र नेता प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) बाट उपाध्यक्ष पम्फा भुसाल र नेता वर्षमान पुन सहभागी हुनुभएको छ ।
त्यसैगरी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, सोविता गौतम, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालाका साथै अन्य दलहरूबाट राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ, उपेन्द्र यादव, प्रकाश अधिकारी, सर्वेन्द्रनाथ शुक्ल , रेशम चौधरी, प्रेम सुवाल, चन्दन सिंहलगायतका नेता सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने राजनीतिक दलहरूसँगको छलफलमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनबारे सरकार र दलहरूको विचार आदानप्रदान गरिने बताइएको छ ।
साथै छलफलमा सरकारले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र पूर्वमन्त्री विद्याधर मल्लिकलाई पर्यवेक्षकका रुपमा सहभागीको गराएको छ ।

