चितवन । रत्ननगर नगरपालिकाले जग्गाधनी प्रमाणपत्रको नयाँ स्रेस्ता कायम गर्दा शुल्क नलिने भएको छ ।
नगरपालिकाले आज सबै वडाहरुलाई लिखित पत्रचार गरि नयाँ स्रेस्ता कायम गर्दा वडाबासीहरुबाट शुल्क नलिन भनिएको मेयर प्रलाद सापकोटाले बताउनुभयो। जेनजी आन्दोलनकारीले गरेको आगलागीबाट कागजात जलेर नष्ट भएपछि मालपोत कार्यालय भरतपुर चितवनले सूचना जारी गरी सबै जग्गा धनीलाई स्रेस्ता कायम गर्न भनेको हो ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालयमा आगजनी गरिएको थियो । उक्त कार्यालय अन्तर्गत रहेका सबै कागजात जलेर नष्ट भएका छन् ।

