चितवन ।६६ औ प्रहरी दिवसको अवसरमा ३७ जना प्रहरीले रक्तदान गरेका छन । आज बिहान जिल्ला प्रहरी कार्यालय परिषरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जिल्लामा रहेका अस्पतालहरुमा रगतको अभावलाई केही मात्रामा परिपुर्ती गर्ने ध्येयका साथ रक्तदान कार्यक्रम राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारी सहित ससस्त्र प्रहरी गरी ३७ जनाले रक्तदान गरेको जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्ग, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारी , पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी लगायतको सहभागिता रहेको थियो । चितवन प्रहरीले यसअघि पनि विभिन्न अवसर पारेर विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

