चितवन । पूर्व प्रहरी बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न भएको छ । आज भरतपुरमा भएको सभा संस्थाका अध्यक्ष अम्बिकाप्रसाद भण्डारीको अध्यक्षतामा भएको हो ।
साधारण सभाका प्रमुख अतिथिका रुपमा नेपाल प्रहरी शिक्षालय भरतपुरका प्रहरी वरिष्ठ उपरिक्षक बिष्णु कुमार के.सीे रहेका थिए । भरतपुर महानगरपालिकाका प्रवत्ता अरुणपिडित भण्डारीे विशिष्ट आतिथि रहेका सभामा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक सूर्य बहादुर थापा, अमर प्रहरी परिवारका केन्द्रीय अध्यक्ष सरस्वती पौडेल, संस्थाका लेखा समिति संयोजक कृष्ण प्रसाद पौडेल,उद्धवकुमार श्रेष्ठ,तिलक बहादुर खड्का,सोम बहादुर के.सी,हरिदत्त रिमाल लगायतको उपस्थिति रहेको कार्यक्रम इन्द्र प्रसाद तिवारीको सञ्चालनमा भएको हो ।
प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरिक्षक विष्णु कुमार के.सीले खुत्रुकेमा सिक्का राखेर कार्यक्रमको शुरुवात गरेका थिए । सो अवसरमा बोल्दै उनले पूर्व प्रहरी र आफुहरु एउटै घरको परिवार भएको र पूर्व प्रहरी बचत तथा ऋण सहकारी संस्थाले सबै बहालवाला प्रहरी र पूर्व प्रहरीहरुलाई समेटेकोले उदाहरणीय रहेको बताएका थिए ।
संस्थाको साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा अम्बिका प्रसाद भण्डारी सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्ष्मा सूर्य कुमार श्रेष्ठ सचिवमा टंक प्रसाद भट्ट, कोषाध्यक्षमा हरिदत्त रिमाल र सदस्यहरुमा बद्री बहादुर वस्नेत,सरस्वती पौडेल,रस्मी सिंह कार्की, विश्वराम वि.क, खडानन्द सिलुवाल र मदन कुमार लम्साल चयन भएका छन् ।


