चितवन । जेनजीको प्रदर्शनले भरतपुरमा पनि तनावग्रस्त स्थिति सिर्जना भएको छ ।
प्रदर्शनकारीले भरतपुर महानगरपालिका कार्यालयमा समेत तोडफोड गरेका छन् । प्रदर्शनकारीले ढुंगामुढा गर्दै तोडफोड गरेका हुन् ।ढुंगामुढा शुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ ।
प्रहरीका तर्फबाट अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।

