चितवन । चितवनमा जेनजीहरुले विशाल प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको प्रदर्शन हाकिम चोक–चौविसकोठी–लायन्सचोक हुदै पुलचोक पुगेर पुन: फर्किएको हो ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी भरतपुर महानगरपालिका भित्र प्रवेश गर्ने कोसिस गरेका थिए । त्यस अघि प्रदर्शनकारीले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विरोधपत्र बुझाएका थिए ।
भ्रष्टचार, बेतिथि र सामाजिक बन्दको विरोधमा जेनजीहरुले सोमबार चितवन लगायत देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेका हुन् ।

