चितवन। चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदाँ एक जना को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङ तर्फ जाँदै गरेको ग १ ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९ : ४० बजे नारायणगढ -मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ स्थित १७ किलोमा एकाआपसम ठोक्किदाँ हाल थर वतन नखुलेका पुरुष मोटरसाइकल चालक गम्भीर घाइते हुनुभएको थियो ।
घाइते चालकलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो ।
अहिले दुबै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका ११ का मन बहादुर बिकलाई नियन्त्रणमा लिएको सुचना अधिकारी खनालले बताउनुभयो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

