चितवन । भरतपुर महानगरपालिका–१० विशाल चोकमा कार अनियन्त्रित भई रुपमा ठोक्किँदा कार चालकको मृत्यु भएको छ ।
गएराति साढे १ बजेको समयमा रमाईलो चोकबाट विशालचोकतर्फ आइरहेको बा १५ च ४६९३ नम्बरको कार आफै अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएको थियो ।
कार रुखमा ठोक्किँदा गम्भीर घाइते भएका कार चालक भरतपुर–२ आँपटारी बस्ने वर्ष २९ को डा विप्लव भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा गएराति २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

