चितवन । जिल्लाका तीन जनाले जापानिज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए ।
ती मध्ये राप्ती नगरपालिका–१२ की ७० वर्षीय महिला, कालिका नगरपालिका–५ का ८९ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१२ का ८१ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको हो । ।
जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने उहाँले जानकारी दिँदै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ ।
अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दुख्ने जापानीज इन्सेफ्लाइटिसका लक्षण हुन् ।

