चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रत्ननगर नगर समितिद्वारा आयोजित दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि रत्ननगरमा सुरु भएको छ।
आज र भोलि दुई दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा दर्शनशास्त्र, राजनीति अर्थशास्त्र, वैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा, संगठन र नेतृत्व, सत्ता सञ्चालन र उत्पादन, कम्युनिष्ट आन्दोलनको इतिहास , संगठन सञ्चालन पद्धति , प्रशिक्षण पद्धति र कला, प्रभावकारी निर्वाचन परिचालन कला तथा सामाजिक सञ्जाल र संगठन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

माओवादी केन्द्र रत्ननगरका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन समारोहमा प्रमुख अतिथीमा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य घनश्याम दाहाल “अविनास” रहनु भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिमा प्रदेश कोषाध्यक्ष संगीता भट्टराई, अतिथीहरु नगर इन्चार्ज एवं प्रदेश सदस्य पुर्ण बाहादुर अम्गाइ (सुबोध ), दिपक शाही ,ऋषिराम चापागाई ,सरोज भण्डारी, निवर्तमान अध्यक्ष श्याम बराल, नगर उपाध्यक्ष गणेश पौडेल, विष्णु पोख्रेल र जीवनलाल श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नगर सचिव मोहन भट्टराईले गर्नुभएको हो।
कार्यक्रममा नगर समिति सदस्य तथा पार्टीका वार्ड अध्यक्ष तथा सचिवको सहभागिता रहेको छ। प्रशिक्षकका रुपमा सूर्य सुवेदी ‘पथिक’, ऋषिराम चापागाई र होमप्रसाद भट्ट रहनु भएको छ ।


